web analytics

पार्टी खोल्ने तयारीमा बालेन,ओलीको निर्वाचन क्षेत्रमा चुनाव लड्ने संकेत

काठमाडौं। काठमाडौं महानगरका मेयर बालेन साह आफ्नै नेतृत्वमा नयाँ राजनीतिक दल निर्माणतर्फ निर्णायक ढंगले अघि बढेको संकेत कुपण्डोलमा बुधबार राति भएको गोप्य छलफलले दिएको छ । विभिन्न दलका नेता, जेन–जी अगुवा, कलाकार र सञ्चारकर्मीसँग छुट्टाछुट्टै तथा सामूहिक संवाद गर्दै बालेनले ‘पुराना दलको विकल्प’ खोज्ने स्पष्ट सन्देश दिएका हुन् ।

छलफलमा नागरिक उन्मुक्ति, जनमत, राप्रपा, जेन–जी फ्रन्टका प्रतिनिधि, रेशम चौधरी, सागर ढकालदेखि पत्रकार ऋषि धमला र सुरज ठकुरीसम्म सहभागी थिए। सहभागीहरूका अनुसार बालेनले नयाँ शक्तिलाई एकीकृत गर्दै ‘लौरो’ चुनाव चिह्नसहित आफ्नै नेतृत्वमा चुनावी प्रतिस्पर्धा गर्ने मुड देखाए ।

 

यसअघि रवि लामिछानेसँग भएको छलफलपछि एकै पार्टीको अड्कल काटिए पनि कुपण्डोल बैठकले बालेन अरूको नेतृत्व स्वीकार्ने अवस्थामा नरहेको संकेत गरेको छ । बालेनले झापा–५ बाट चुनाव लड्ने संकेत दिँदै केपी ओलीकै क्षेत्रमा प्रतिस्पर्धा गर्न सकिने सन्देश पनि दिएका छन्।

 

 

राजनीतिक वृत्तमा यो छलफललाई आगामी दिनमा देखिन सक्ने नयाँ राजनीतिक ध्रुवीकरणको प्रारम्भका रूपमा हेरिएको छ ।

 

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.