web analytics

मनकारी यशोदा र तेजले गरे गरिब विद्यार्थी तथा जेहेन्दारलाई सामाग्री सहयाेग

लाल बहादुर एस.के.
कञ्चनपुर,७ चैत ।
वैदेशिक राेजगारीमा रहेका कञ्चनपुर जिल्लाकाे पुनर्वास नगरपालिका २ मोतीबस्तीका तेज थापा र अभियान लघुवित्त कार्यालय पुनर्वास प्रमुख यशोदा थापाले आफ्नो जन्मदिनको अवसर पारी पुनर्वास २ स्थित श्री सरस्वती माध्यमिक विद्यालयका गरिब तथा जेहेन्दार विद्याथीलाई झोला कापी कलम सामाग्री सहयाेग गरेका छन ।
सरस्वती माविका कक्षा १मा पढ्ने विद्यार्थी पाँचजनालाई झोला कापी कलम दिइएको थियो भने त्यस्तैगरी २८ जनालाई कापी कलम वितरण गरिएको थियो। केहीदिन अगाडि आफ्नो भाईको जन्मदिन परेकोले र आज पर्न गएको आफ्नो जन्मदिनको अवसर पारी गरिब तथा जेहेन्दार विद्यार्थीलाई पढाइलेखाइमा मद्दत पुगोस भन्ने उद्देश्यले आफूले सामग्री वितरण गरेको लघुवित्त शाखा का पुनर्वासका कार्यालय प्रमुख यशोदा थापाले बताउनुभयो ।
गरिब तथा जेहेन्दार विद्यार्थीलाई सामग्री हस्तान्तरण कार्यक्रममा पुनर्वास नगरपालिका वडानम्बर २ का वडासदस्य पार्वती बिकको उपस्थिति रहेको थियोे । विद्यालयका प्रधानाध्यापक जितेन्द्र पौडेलले सहयोगी मनहरुलाई धन्यवाद व्यक्त गर्नुभएको थियो ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.