परोपकार समाज नेपालको आयोजनामा नगरपालिका स्तरीय प्रा.वि. तहको हाजिरी जवाफ प्रतियोगिता हुने
पुनर्वास, ९ माघ ।
परोपकार समाज नेपालको आयोजनामा हाजिरी जवाफ प्रतियोगिता सञ्चालन हुने भएको छ ।
सरस्वती पुजाको अवसर पारेर आयोजना हुन लागेको दोस्रो सरस्वती कप प्रावि तहको हाजिरी जवाफ प्रतियोगिता हो । माघ ११ गते सञ्चालन हुने सो प्रतियोगितामा पुनर्वास नगरपालिका भरीका प्रावी तहसम्म अध्ययन गर्ने बालबालिकाहरुले भाग लिन सक्ने परोपकार समाजका सचिव ईश्वर बुढाले बताउनुभयो । हाजिरीजवाफ प्रतियोगितामा भाग लिन पुनर्वास भित्रका सम्पुर्ण विद्यालयहरुले माघ १० गते बेलुका ४:०० बजे सम्म सम्पर्क राखि नाम टिपाइ दिन समेत उहाँले अनुरोध गर्नुभयो ।
प्रतियोगितामा प्रथम हुनेले नगद रु १०,१५५/- प्रमाणपत्र र मेडल,द्वितीय हुनेले रु ५१०५/- प्रमाणपत्र र मेडल,
तृतीय हुनेले पुरस्कार, प्रमाणपत्र र मेडल तथा चौथोलाई सान्त्वना पुरस्कार सहित सम्मान गरिने सचिव बुढाले बताउनुभयो ।
प्रतियोगितामा भाग लिन १ जना छात्रा अनिवार्य सहित ३ जना हुनुपर्ने र
प्रश्नहरू नेपालीमा हुने समेत जानकारी गराईएको छ । प्रतियोगिता
पुनर्वास नगरपालिका वडानम्बर ९ सरस्वती आधारभूत विद्यालय खड्डामा हुने समेत बताईएको छ ।
प्रतियोगितामा भाग लिन तपसीलका व्यक्तिहरुलाई निम्न नम्बरहरुमा सम्पर्क गर्न सूचित गरिएको छ ।
अध्यक्ष: नवराज बुढा ९८४८५६०५५२/ ९८१२६७९२६५
सचिव: इश्वर बुढा ९८५८४२३७३५/ ९८०१७१२८७७
सुरेश बुढा:९८१२४७४४९८
चन्द्र बहादुर बुढा:९८०१७१२८७९


Comments are closed.