पुनर्वासमा ३१ औ अन्तर्राष्ट्रिय अपांग दिवस मनाईयो
कञ्चनपुर /”समावेशी विकासका लागि रूपान्तरित समाधान पहुँचयुक्त र समतामूलक विश्वका लागि उर्जावान सृजनशिलताको प्रावधान” मुलनारा सहित ३१ औं अन्तर्राष्ट्रिय अपांगता दिवश पुनर्वास मा सम्पन्न भएको छ । पुनर्वास नगरपालिका महिला तथा बालबालिका शाखा पुनर्वासले आयोजना गरेको कार्यक्रममा पुनर्वास नगरपालिका उपप्रमुख भुलिया कुमारी राना सभापति रहनुभएको थियो भने नगर प्रमुख तोय प्रसाद शर्मा प्रमुख अतिथि रहनुभएको थियो । अपांगलाई दया र माया होइन अवसर दिनुपर्ने कार्यक्रममा बोल्ने अधिकांस वक्ताहरूले जोड दिएका थिए ।
स्वागत मन्तव्य राख्दै प्रशासकीय अधिकृत शंकरबहादुर बोगटीले बर्षमा एकदिन भएपनि आफ्नो हकअधिकारका लागि मनाईने दिवस कार्यक्रमले अपांगहरूको अधिकारका लागि कोसेढुंगा सावित हुने र अपांग समुदायको अधिकारका लागि संविधानमा उल्लेख भए अनुसार स्थानीय सरकारद्वारा कार्यान्वयन हुनुपर्ने बिषयमा जोडदिंदै स्थानीय तहबाट हुने नीतिगत विषयमा आफू लाग्ने बोगटीले बताए । कागजमा उल्लेख गरेर मात्रै अपांगको अधिकार पूरा नहुने र सम्बन्धित सरोकार पक्षले नीतिगत विषयमा ध्यान दिनुपर्ने नेपाली काङ्ग्रेसका स्थानीय नेता याम प्रसाद पौडेलले जोड दिए ।
अपांग संरक्षण समिति सदस्य भिम कुमार श्रेष्ठले अपांग हक अधिकारका लागि नीति बनाउदा अपांग प्रतिनिधिलाई पनि सरसल्लाह लिनुपर्ने आफ्नो भनाइमा जोड दिए । समाजमा अन्य वर्गको तुलनामा अपांगहरू थप ओझेलमा परेका हुनेभएकोले राज्यले अपांगलाई मध्येनजर गरि बिशेष कार्यक्रम ल्याउनुपर्ने श्रेष्ठले बताए । कार्यक्रममा बोल्दै नगर प्रमुख तोया प्रसाद शर्माले पुनर्वास लाई अपांग मैत्री नगरपालिका बनाउन आफ्नो बिशेष ध्यान रहेको कुरा बताउनुभयो । अपांग का क्षेत्रमा काम गर्ने संस्था तथा मातहतका कर्मचारीलाई पुनर्वास क्षेत्रमा अपांग को तथ्यांक संकलन तथा उनिहरूको स्तरिकरण गरि अपांग लाई राहत हुने बिषयका कार्यक्रम ल्याउन निर्देशन दिनुभयो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत गणेश ऐरी ईलाका प्रहरी कार्यालय त्रिभुवन बस्ति का निरिक्षक नरेशराज मल्ल, पूर्व शिक्षक तथा समाजसेवी बिष्णुभक्त पौडेल , नेपाली काङ्ग्रेस पुनर्वास पूर्व सभापति यम प्रसाद पौडेल , वडा अध्यक्ष सुकदेव राना , पदम बहादुर रोकाया , मनोज जैसी सापकोटा , कृष्णबहादुर तामाङ पुनर्वास जनता मावि प्र अ मानबहादुर तामाङ , कार्यपालिका सदस्य शर्मिला श्रेष्ठ लगायत अतिथि रहेका थिए । कार्यक्रम सञ्चालन बिशेष कक्षा शिक्षक बिष्णु अर्यालले गरेका थिए ।


Comments are closed.