web analytics

आफ्नो बर्थडेका दिन बलात्कृत भईन युवती 

मोरङ्ग/विराटनगर महानगरपालिका–१४ की १८ वर्षीया युवती आफ्नो बर्थडेका दिन बलात्कृत भएकी छिन । बर्थडे पार्टी विराटनगरकै एउटा होटलमा आयोजना गरिएको थियो। जन्मोत्सव मनाएर घर फर्कने क्रममा साथीको मोटरसाइकलमा आउँदै गर्दा सामूहिक बलात्कारको सिकार बनिन्। उनी चढेको मोटरसाइकललाई एउटा समूहले विराटनगर–१४ जतुवाको महतो टोलस्थित नहरमा रोक्यो।

घटना गत बिहीबार रातिको हो। मोटरसाइकल रोकेर चालक युवा र ती युवतीलाई नियन्त्रणमा लिइयो। ५ जनाको समूहले नियन्त्रणमा लिएर उनीहरूमाथि कुटपिट गर्न थाल्यो। मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार घटना राति ९ः४५ बजेतिरको हो। मादक पदार्थ सेवन गरेर आइपुगेको ५ जनाको समूहले दुवै जनालाई नियन्त्रणमा लिएको उनले बताए।

उनीहरूमाथि लाट्ठी, भाटा र मुक्का प्रहार गरिएको प्रहरीले जनाएको छ। उक्त समूहको नियन्त्रणबाट युवा फुत्किएर भाग्न सफल भए। तर, त्यही समूहले युवतीलाई भने आफ्नो कब्जामा लिएर सामूहिक बलात्कार गरेको डीएसपी श्रेष्ले बताए। उनका अनुसार फुत्किएर भागेका युवाले गाउँमा गएर होहल्ला गर्न थालेपछि स्थानीय भेला भए। स्थानीय भेला हुन थालेपछि युवतीलाई छाडेर बलात्कारमा संलग्नहरू फरार बनेका थिए।

प्रहरीका अनुसार कुटपिटबाट मोटरसाइकल चालक युवाको टाउको, अनुहार, कुहिनालगायत शरीरका विभिन्न भागमा चोट लागेको छ। युवतीको पनि शरीरका केही भागमा चोट रहेको प्रहरीले जनाएको छ। दुवै जनाको विराटनगरस्थित कोसी अस्पतालमा उपचार गरिएको छ। घटनामा संलग्न रहेकामध्ये एक जनालाई पक्राउ गरिएको डीएसपी श्रेष्ठले बताए। उनका अनुसार विराटनगर–१४ का २९ वर्षीय सन्तोष मण्डललाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको छ। बलात्कारमा संलग्न अन्य युवाहरू फरार रहेको र खोजी तीव्र पारिएको जानकारी श्रेष्ठले दिए।

 

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.