कालिका बजार व्यवस्थापन समितिको अध्यक्ष बने अरुण थापा
कञ्चनपुर/पुनर्वास ३ स्थित कालिका बजार व्यवस्थापन समितिको अध्यक्षमा युवा व्यवसायी अरुण थापा चयन भएका छन ।
चुनावी प्रक्रिया अवरुद्ध भएर नयाँ नेतृत्व आउन नसकेको अवस्थामा युवा व्यवसायी अरुण थापाको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति निर्विरोध गठन गरिएको हो । उपाध्यक्षमा सुकमाया मोक्तान, सचिवमा शेषकान्त पन्थी, सह-सचिवमा धनलाल मोक्तान, कोषाध्यक्षमा बुद्धिमाया तामाङ चयन भएका छन् । त्यसैगरी सदस्यहरूमा सरोज पौडेल, रामबहादुर तामाङ, सुजित पौडेल, कृष्णबहादुर तामाङ, नविन जैरु, आशिष क्षेत्री, भिम पौडेल र सन्जय क्षेत्री चयन भएका छ्न ।


Comments are closed.