नेपालमा विपद् प्रभावितका लागि अष्ट्रेलियाले ५ मिलियन डलर मानवीय सहायता दिने
अष्ट्रेलिया सरकारको विदेश मामिला तथा व्यापार विभाग (Department of Foreign Affairs and Trade) का अनुसार सो सहयोग गर्ने बारेमा सामाजिक सञ्जाल फेसबुकमा लेखेको छ ।
सिड्नी — अष्ट्रेलिया सरकारले नेपालमा विपद्का कारण प्रभावित भएका समुदायलाई तत्काल राहत, उद्धार तथा पुनःस्थापना कार्यमा सहयोग पुर्याउन ५ मिलियन अष्ट्रेलियन डलर बराबरको मानवीय सहायता उपलब्ध गराउने घोषणा गरेको छ।
शुक्रबार बिहान अष्ट्रेलिया सरकारको विदेश मामिला तथा व्यापार विभाग (Department of Foreign Affairs and Trade) का अनुसार सो सहयोग गर्ने बारेमा सामाजिक सञ्जाल फेसबुकमा लेखेको छ ।
अष्ट्रेलियन दूतावास, नेपालका अनुसार उक्त सहयोग विपद् प्रभावित क्षेत्रमा तत्काल आवश्यक पर्ने मानवीय सहायता तथा पुनःप्राप्ति र पुनःस्थापनाका प्रयासमा उपयोग गरिनेछ ।
यसैबीच, नेपालमा विपद् प्रभावितलाई सहयोग गर्न चाहने अष्ट्रेलियाली नागरिकहरूलाई Emergency Action Alliance मार्फत सहयोग गर्न आग्रह गरिएको छ।
“Emergency Action Alliance” (https://reference-url-citation.invalid/0)
त्यस्तै, नेपालमा रहेका र आपत्कालीन कन्सुलर सहायता आवश्यक पर्ने अष्ट्रेलियाली नागरिकहरूले अष्ट्रेलिया सरकारको २४ घण्टे Consular Emergency Centre मा सम्पर्क गर्न सक्नेछन्।
विदेशबाट: +61 2 6261 3305
अष्ट्रेलियाभित्रबाट: 1300 555 135
अष्ट्रेलियन दूतावास, नेपालले विपद्को समयमा प्रभावित तथा समस्यामा परेका आफ्ना नागरिकलाई आवश्यक सहयोगका लागि सम्बन्धित निकायसँग सम्पर्क गर्न आग्रह गरेको छ ।



Comments are closed.