‘अच्छा लेकिन, रेलैमा’ सार्वजनिक, शान्तिश्री परियार र विजयजंग थापाको स्वरमा नयाँ लोकदोहोरी गीत
सिड्नी । चर्चित गायिका शान्तिश्री परियार र चर्चित मोडल तथा गायक विजयजंग थापाको स्वरमा सजिएको नयाँ लोकदोहोरी गीत ‘अच्छा लेकिन, रेलैमा’ सार्वजनिक भएको छ ।
आफ्नै डान्स स्कुल चलाउदै आएका मोडल दिपक सापकोटाले यस म्युजिकभिडियोबाट सहायक निर्देशनको जिम्मेवारी निभाएका छन ।

गीतमा शान्तिश्री परियार र विजयजंग थापाको मुख्य स्वर रहेको छ भने समूह गायनमा झलक सङ्गीतम, सीएल शर्मा र निशा केसी को साथ रहेको छ । विजयजंग थापा तथा रिना केसी (काली)को मुख्य अभिनय रहेको छ ।
गीतका शब्द रमेश बीजीले सिर्जना गरेका हुन् भने संगीत तथा संगीत संयोजन (Arrange) झलक सङ्गीतमले गरेका छन्। म्युजिक भिडियो JHALAK SANGEETAM युट्युब च्यानलबाट सार्वजनिक भएको छ । गीतको रेकर्डिङ मालश्री स्टुडियो, नेपाल र आलाप स्टुडियो, अष्ट्रेलिया मा सम्पन्न गरिएको हो ।
गीतको म्युजिक भिडियो पनि आकर्षक ढंगले तयार गरिएको छ । भिडियो निर्माणका क्रममा सहायक निर्देशक (Assistant Director) को भूमिकामा काम गर्ने अवसर पाएका दिपक सापकोटाले निर्देशक विजयजंग थापा तथा साथी रिना केसी (काली) प्रति विशेष आभार व्यक्त गरेका छन् । उनले आफूलाई यस्तो महत्वपूर्ण जिम्मेवारीमा विश्वास गरेर अवसर दिएकोमा धन्यवाद दिँदै यस अनुभवले थप ऊर्जा र प्रेरणा मिलेको बताएका छन् । म्युजिक भिडियोमा हास्यकलाकार राजन लम्सालले भरपुर मनोरञ्जन प्रदान गरेका छन ।
त्यसैगरी, भिडियो निर्माणमा साथ दिने सम्पूर्ण कोरस टोलीप्रति पनि उनले आभार व्यक्त गर्दै सबैको मेहनत र समर्पणका कारण उत्कृष्ट सिर्जना दर्शकमाझ ल्याउन सफल भएको उल्लेख गरेका छन् ।
सार्वजनिक भइसकेको ‘अच्छा लेकिन, रेलैमा’ गीतले लोकदोहोरी संगीतप्रेमीमाझ राम्रो प्रतिक्रिया पाइरहेको निर्माण टिमको विश्वास छ ।



Comments are closed.