‘मन्तरै हानेर’ गीत सार्वजनिक हुँदै, विजयजंग थापा र रिना केशीको अभिनय
सिड्नीका रमणीय दृश्यहरुमा छायांकन भएको यस म्युजिक भिडियोले प्रेम र रोमान्सलाई मनोरञ्जनात्मक शैलीमा प्रस्तुत गरेको मोडल रिना केशीले बताउनुभयो ।
१४ नोभेम्बर, सिड्नी ।
नेपाली सांगीतिक क्षेत्रमा चर्चित मोडल विजयजंग थापा र रिना केशीको अभिनयमा नयाँ गीत ‘मन्तरै हानेर’ सार्वजनिक हुन लागेको छ । नोभेम्बर १५ मा सार्वजनिक हुन लागेको यस म्युजिकभिडियोमा विजयजंग थापा र दीपिका बयुम्बु मगरको स्वर रहेको छ ।
सिड्नीका रमणीय दृश्यहरुमा छायांकन भएको यस म्युजिक भिडियोले प्रेम र रोमान्सलाई मनोरञ्जनात्मक शैलीमा प्रस्तुत गरेको मोडल रिना केशीले बताउनुभयो ।
गीतका शब्द संयोजन रमेश बीजीले गरेका हुनभने, विजयजंग थापाले निर्देशन तथा कोरियोग्राफीको जिम्मेवारी समेत सम्हालेका छन् । यस म्युजिक भिडियोका निर्माता देपेन्द्र आचार्य हुन ।
कृष्णबहादुर थापाले छायांकन गरेको गीतको सम्पादन तथा कलरिङ प्रवीण भट्टले गरेका छन् । म्युजिक भिडियो निर्माणमा सहनिर्देशनका रुपमा मोडल दीपक सापकोटाको सहकार्य रहेको छ ।
संगीत संयोजन झलक संगीतमले गरेका हुनभने आलाप स्टुडियो अस्ट्रेलियाको रेकर्ड भएको थियो ।
म्युजिक भिडियो निर्माणका लागि नृत्य कलाकेन्द्र अष्ट्रेलियाका विद्यार्थी तथा पेन्टर कृष्णको महत्त्वपूर्ण साथ र सहयोग रहेको छ ।
नेपाली गीतसंगीतप्रेमी दर्शक तथा स्रोतामाझ नयाँ स्वाद पस्किने अपेक्षा गरिएको यस म्युजिक भिडियोले दर्शकको कस्तो प्रतिक्रिया पाउने हो, त्यो भने आगामी दिनमा थाहा हुनेछ । म्युजिक भिडियो Jhalak Sangeetam Youtube च्यानलबाट सार्वजनिक हुँदैछ ।



Comments are closed.