web analytics

५८० वर्ष यताकै लामो चन्द्रग्रहण

काठमाडौँ । आज अर्थात् शुक्रवार नेपाली समय अनुसार दिउँसो करिब १ बजेपछि ५ सय ८० वर्षयताकै लामो चन्द्र ग्रहण लागेको थियो ।
झन्डै ३ घण्टा २८ मिनेट २४ सेकेन्ड लामो खण्डग्रास चन्द्र ग्रहणको उच्च बिन्दुमा पृथ्वीको छायाले चन्द्रमाको ९७ प्रतिशत भाग ढाकिएको थियो । यो चन्द्र ग्रहणको उच्च बिन्दु नेपाली समय अनुसार दिउँसो २ बजेर ४९ मिनेटमा भएको थियो ।
वैज्ञानिकहरूका अनुसार यस अघि सन् १४४० को फेब्रुअरी १८ मा यो भन्दा लामो चन्द्र ग्रहण लागेको थियो । आआफ्नो कक्षमा घुमिरहेका बेला सूर्य र चन्द्रमाको बिचमा पृथ्वी पर्दा चन्द्र ग्रहण लाग्छ ।
सूर्य र चन्द्रमाको बिचमा पृथ्वी रहँदा सूर्यको प्रकाश पृथ्वी र पृथ्वीको छाया चन्द्रमामा पर्छ । यो नै चन्द्र ग्रहण हो ।
यसपछि अब, ८ फेब्रुअरी २६६९ का दिन मात्र यस्तो लामो चन्द्र ग्रहण लाग्नेछ ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.