web analytics

सेती प्रादेशिक अस्पतालमा एक महिलाले जन्माईन तीन शिशु

धनगढी – सेती प्रादेशिक अस्पतालमा एक महिलाले एकै पटक तीन शिशुलाई जन्म दिएकी छन्। दार्चुलाको नौगाड गाउँपालिका–३की ३१ वर्षीया बिमला ठगुन्नाले बुधबार बिहान ११:४८ बजे एक–एक मिनेटको अन्तरालमा दुई छोरा र एक छोरीलाई जन्म दिएकी हुन्।
अस्पतालका अनुसार स्त्रीरोग विशेषज्ञ डा. प्रतीक्षा सिंह राठोरको नेतृत्वमा गरिएको सिजेरियन शल्यक्रियामार्फत तीनै शिशुको सकुशल जन्म भएको हो। जन्मिएका शिशुमध्ये दुई जनाको तौल २ केजी ४०० ग्राम रहेको छ भने अर्को एक शिशुको तौल २ केजी रहेको अस्पतालले जनाएको छ।
अस्पताल प्रशासनका अनुसार आमा र तीनै शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको छ। चिकित्सकको निगरानीमा उनीहरूको उपचार तथा आवश्यक स्याहार भइरहेको जनाइएको छ।
एकै पटक तीन शिशुको जन्म (ट्रिप्लेट) दुर्लभ मानिने चिकित्सकहरूले बताएका छन्। परिवार तथा आफन्तजनले शिशुहरूको सकुशल जन्मप्रति खुशी व्यक्त गरेका छन्।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.