web analytics

कुलमान घिसिङ चुनावी दौडाहामा, ८ फागुनमा पुनर्वास आउँदै

कञ्चनपुर/ ६ फागुन
उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ फागुन ८ गते पुनर्वास आउने भएका छन्। पुनर्वासको आईबिआरडी बजारमा आयोजना हुने चुनावी सभालाई उनले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।
उज्यालो नेपाल पार्टीका तर्फबाट कञ्चनपुर जिल्ला क्षेत्रनम्बर १ का उम्मेदवार माईकल तामाङले हाम्रै साझा पत्रिकालाई जानकारी दिँदै अध्यक्ष घिसिङको चुनावी दौडाहाअन्तर्गत पुनर्वासमा चुनावी आमसभा आयोजना गरिएको बताए।
सार्वजनिक गरिएको तालिकाअनुसार घिसिङ फागुन ८ गते बिहान काठमाडौँबाट धनगढी प्रस्थान गर्नेछन्। त्यसपछि कञ्चनपुर क्षेत्रनम्बर १ मा आमसभा सम्पन्न गरी साँझ क्षेत्रनम्बर ३ तर्फ जाने कार्यक्रम छ। फागुन ९ गते कञ्चनपुरमै “उज्यालो संकल्प” र्‍याली तथा आमसभा राखिएको छ भने सोही दिन कैलाली, बर्दिया र कोहलपुर/नेपालगञ्जमा समेत आमसभा गर्ने कार्यसूची रहेको छ।
फागुन १० गते भैरहवा, रुपन्देही र नवलपरासीमा कार्यक्रम तय गरिएको छ। त्यसपछि विराटनगर, धरान, इटहरी, फिदिम लगायत पूर्वी जिल्लाहरूमा आमसभा गर्ने तालिका सार्वजनिक गरिएको छ। फागुन १३ र १४ गते काभ्रे, मन्थली, मकवानपुर, रौतहट, सर्लाही, नुवाकोट, रसुवा हुँदै १६ फागुनमा काठमाडौँमा आमसभा गरी चुनावी दौडाहा समापन गर्ने कार्यक्रम रहेको जनाइएको छ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.