पुनर्वास ६ स्थीत सिद्धार्थ पब्लिक स्कूलको २२औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न
कञ्चनपुर/9२४ माघ ।
पुनर्वास–६ स्थित सिद्धार्थ पब्लिक स्कूलले सनिवार विद्यालय प्राङ्गणमा २२औँ वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम धुमधामका साथ सम्पन्न गरेको छ।
पुनर्वास नगरपालिकाकी उपप्रमुख भुलिया कुमारी रानाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा विद्यालयका छात्रछात्राहरूले नृत्य, गायन, नाटक तथा सांस्कृतिक प्रस्तुति मार्फत आ–आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए। कार्यक्रममा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि उपप्रमुख रानाले नयाँ पुस्ताले देशको पुरातात्त्विक, ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको महत्व बुझ्न आवश्यक रहेको बताउनुभयो। उहाँले जेन्जी आन्दोलनमा भएको तोडफोडको सन्दर्भ उठाउँदै नयाँ पुस्तामा हाम्रो पुरातात्त्विक सम्पदाप्रति प्रेम घटेको र त्यसलाई सुधार्ने जिम्मेवारी विद्यालयको रहेको जिकिर गर्नुभयो ।
उहाँले हरेक विद्यालयले विद्यार्थीहरूलाई नैतिकताको पाठ सिकाउनुपर्ने आवश्यकता औँल्याउँदै आजको समाजमा नयाँ पुस्तामा लागूपदार्थ दुर्व्यसन बढ्दो क्रममा रहेकोप्रति चिन्ता व्यक्त गर्नुभयो। उपप्रमुख रानाले बालबालिकाको उज्ज्वल भविष्यका लागि विद्यालय र अभिभावकबीच निरन्तर सहकार्य र हातेमालो जरुरी रहेको धारणा राख्नुभयो।
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक–शिक्षिका, अभिभावक तथा स्थानीय व्यक्तित्वहरूको सहभागितामा सम्पन्न भएको थियो।
तस्वीरहरु..




Comments are closed.