web analytics

नेपाली बजारमा सुन–चाँदीको मूल्य बढ्यो

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार (पुस २७) छापावाल सुनको मूल्य तोलामा २ हजार ८ सय रुपैयाँले वृद्धि भएको हो।
मूल्य वृद्धिसँगै उपभोक्ताले एक तोला छापावाल सुन किन्न २ लाख ७० हजार ६ सय रुपैयाँ खर्चिनुपर्नेछ। यसअघि शुक्रबार (पुस २५) छापावाल सुनको मूल्य तोलामा २ लाख ६७ हजार ८ सय रुपैयाँ कायम थियो।
यस्तै, चाँदीको मूल्य पनि बढेको छ। आइतबार चाँदीको मूल्य तोलामा २ सय १० रुपैयाँले बढ्दै ४ हजार ९ सय ९० रुपैयाँ पुगेको छ। यसअघि शुक्रबार चाँदीको मूल्य तोलाको ४ हजार ७ सय ८० रुपैयाँ रहेको थियो।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.