रवि कुलमानको वान-टु-वान वार्ता
काठमाडौं । मन्त्री पदबाट राजीनामा दिएका कुलमान घिसिङ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भेट्न उनकै निवास पुगेका छन्। स्रोतका अनुसार रवि लामिछानेको निवासमा दुवैबीच वान–टु–वान वार्ता भएको हो।
भेटमा पार्टी समायोजन, समानुपातिक सूचीमा सम्भावित हेरफेर तथा केन्द्रीय समितिमा प्रतिनिधित्वलगायत विषयमा छलफल भएको बताइएको छ। छलफलका क्रममा कुलमान घिसिङले पार्टी समायोजन सम्मानजनक हुनुपर्ने र सहभागिता न्यायपूर्ण ढंगले सुनिश्चित हुनुपर्ने प्रस्ताव ‘प्याकेज’का रूपमा अघि सारेको स्रोतले जनाएको छ।


Comments are closed.