गोरखा–१ बाट चुनाव लड्ने सुधन गुरुङको घोषणा
। ‘हामी नेपाल’ नामक संस्थाका संयोजक तथा जेन–जी अगुवा सुधन गुरुङले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बन्ने घोषणा गरेका छन्।
गुरुङले गोरखा निर्वाचन क्षेत्र नम्बर १ बाट चुनाव लड्ने औपचारिक घोषणा गरेका हुन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत उम्मेदवारी दिने जानकारी गराउँदै लेखेका छन्, “गोरखा क्षेत्र नम्बर १ बाट आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने औपचारिक घोषणा गर्न चाहन्छु।”
आफ्नै जन्मभूमिबाट परिवर्तनको सुरुवात गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले भनेका छन्, “आफ्नै गाउँ, आफ्नै माटोबाट परिवर्तनको सुरुवात। नयाँ शक्ति, नयाँ अनुहार, नयाँ नेपाल।”


Comments are closed.