फेरि उकालो लाग्यो सुनको मूल्य, चाँदी घट्यो
काठमाडौँ/२५ पुस । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला २ हजार १०० रुपैयाँले बढेर २ लाख ६७ हजार ८०० रुपैयाँ पुगेको छ।
यसअघि बिहीबार छापावाल सुन प्रतितोला २ लाख ६५ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको थियो। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको उतारचढाव, डलरको विनिमय दर तथा स्थानीय बजारको माग–आपूर्तिले सुनको मूल्यमा प्रभाव पारेको महासंघले जनाएको छ।
यता, चाँदीको मूल्य भने घटेको छ। शुक्रबार चाँदी प्रतितोला ४ हजार ७८० रुपैयाँमा कारोबार भइरहेको छ, जुन अघिल्लो दिन बिहीबार प्रतितोला ४ हजार ८३५ रुपैयाँ थियो। पछिल्लो समय सुन र चाँदी दुवैको मूल्यमा निरन्तर उतारचढाव देखिँदा उपभोक्ता र व्यवसायीहरू बजारको मूल्य परिवर्तनप्रति सचेत देखिएका छन्।


Comments are closed.