web analytics

म्यादी प्रहरीको भर्ना खुल्यो, १ लाख ३३ हजार ९८० जना भर्ती गरिँदै

काठमाडौं / २४ पुस ।
सरकारले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै म्यादी प्रहरी (निर्वाचन प्रहरी) को भर्ना खुलाएको छ। प्रहरी प्रधान कार्यालयले बिहीबार सूचना जारी गर्दै भोलि पुस २५ गतेदेखि माघ १ गतेसम्म देशभरका सबै जिल्ला प्रहरी कार्यालयमार्फत आवेदन दिन सकिने जनाएको छ। विदाको दिनसमेत आवेदन स्वीकार गरिनेछ।
सरकारले ४० दिनका लागि जम्मा १ लाख ३३ हजार ९८० जना म्यादी प्रहरी भर्ती गर्ने योजना बनाएको छ। आवेदन दिन १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको नेपाली नागरिक हुनुपर्नेछ। यसअघि सुरक्षा निकायमा काम गरेको अनुभव भएकालाई प्राथमिकता दिइने सूचनामा उल्लेख छ।
छनोट प्रक्रिया आगामी माघ १२ गतेभित्र सम्पन्न गरिने, माघ २४ गतेसम्म तालिम दिइने र त्यसपछि कार्यक्षेत्रमा खटाइने सरकारी योजना छ।
छनोट भएका म्यादी प्रहरीहरूले ४० दिनको अवधिका लागि रु ३४,७७६ रुपैयाँ तलब पाउनेछन्। यसका अतिरिक्त खाद्यान्न तथा खाजा खर्च, तयारी खर्च र पोसाक खर्चसमेत उपलब्ध गराइनेछ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.