प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
काठमाडौं/२४ पुस ।
प्रधानमन्त्री सुशीला कार्की र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको उक्त भेट झण्डै तीन घण्टा चलेको बताइएको छ।
प्रधानमन्त्रीका प्रेस विज्ञ रामबहादुर रावलका अनुसार भेटमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई भयरहित, स्वतन्त्र र निष्पक्ष रूपमा सम्पन्न गर्ने विषयमा छलफल भएको हो। अध्यक्ष ओलीले निर्वाचनको सुरक्षा व्यवस्थाबारे विशेष चासो व्यक्त गर्दै निष्पक्ष वातावरण सुनिश्चित गर्नुपर्नेमा जोड दिएका थिए।
भेटवार्तामा अध्यक्ष ओली प्रमुख स्वकीय सचिव राजेश बज्राचार्यसहित बालुवाटार पुगेका थिए। दुवै नेताबीच निर्वाचनको समग्र व्यवस्थापन र राजनीतिक वातावरणबारे विचार–विमर्श भएको जनाइएको छ।


Comments are closed.