web analytics

पुनर्वासको १० नम्बर वडामा निर्वाचन  स्थगित, फेरि निर्वाचन हुने !

३० बैशाख , कंचनपुर

कंचनपुरक पुनर्वास नगरपालिका वडा नम्बर १० मा फर्जी मत खसेको विवाद उत्पन्न भएपछी चुनाव स्थगित भएको छ।

बिहान करिव ११ बजे तिर मृत्यु भैसकेका ब्यक्तिको नाममा पनि मत हालेको र सिमापारी बाट फर्जी मतदाता ल्याएर मत खसाएको भन्दै विवाद उतपन्न भएको थियो। विवाद पछि पुनर्वास १० को बिजय माबी निर्वाचन केन्द्रमा निर्वाचन रोकिएको थियो।

रोकिएको निर्वाचन सुरु गर्न बसेको निर्वाचन आयोग र सर्वदलीय बैठकले लामो प्रयास गरेर समझदारी कायम गर्न प्रयास गरेको थियो । यधपी विवाद कायमै रहेपछि अन्तिममा साझ ५ बजे हाललाई अर्को निर्णय नभए सम्म निर्वाचन स्थगित गर्ने निर्णय गरेको निर्वाचन अधिकृत किरण जोशिले बताए।       

अब अर्को निर्णय नभए सम्म निर्वाचन स्थगित हुनेछ। अर्को निर्णय कहिले हुन्छ भनि सोद्दा अहिले यति नै गते हुन्छ भनी भन्न नसकिने निर्बाचित अधिकृत जोशिले बताए।        बिहान ७ बजे बाट शुरु भएको निर्वाचनमा ८०१ मत खसिसकेको थियो। जम्मा ३०१५ मतदाता रहेको उक्त वडामा करिब २६.५७ % मत खसी सक्दा बिबाद उत्पन्न भएको थियो।                                                                     

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.