पुनर्वास निकट नेपाल-भारत सिमामा भेटिएको मृत व्यक्तिको पहिचान खुलेन
कञ्चनपुर/पुनर्वास निकट नेपाल-भारत सिमामा भेटिएको मृत व्यक्तिको पहिचान खुल्न सकेको छैन । विहिबार नेपाल-भारत सिमा पिल्लर नम्बर १९९ नजिकै भारत तर्फ अन्दाजी चालीस बर्ष उमेरको एक भारतीय पुरुषको लास भेटीएको थियोे ।
शव भारतीय प्रहरीको नियन्त्रणमा रहेको र हालसम्म पहिचान खुल्न नसकेको ईलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका ईञ्चार्ज मनिराम भट्टले जानकारी गराएका छन ।


Comments are closed.