web analytics

भोलिदेखि निर्वाचन आचारसंहिता लागू हुने

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका सन्दर्भमा आचारसंहिता लागू गर्दैछ ।
आज बिहीबार र भोलि शुक्रबार बस्ने आयोगको बैठकले आचारसंहिता लागू हुने निर्वाचन आयोगले जनाएको छ ।

आगामी वैशाख ३० गते सरकारले देशभर एक साथ स्थानीय तह निर्वाचन गर्ने घोषणा गरेको छ । आयोगका आयुक्त इश्वरी पौडेलले एक/दुई दिनभित्र आचारसंहिता लागू गर्ने तयारीमा आयोग जुटेको जानकारी दिनुभयो ।

मतदानको कति दिन अगावैदेखि आचारसंहिता लागू हुने भन्ने उल्लेख नगरिए पनि आयोगले तोकेको मितिदेखि लागु हुने व्यवस्था ऐनमा रहेको पौडेलले बताउनुभयो ।

आसन्न निर्वाचनका हकमा भने करिब पैतीस दिन अगावैदेखि आयोगले आचारसंहिता लागू गर्न खोजेको हो । निर्वाचन आचारसंहिता लागू भएसँगै विभिन्न प्रतिबन्ध लगाइने छ भने निर्वाचनलाई प्रभाव पार्ने गतिविधि गर्न सरकारले पाउने छैन् ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.