web analytics

माओवादी केन्द्रमा पनि तालमेल नगरी चुनावमा जान प्रदेश नेतृत्वलाई दबाव

कञ्चनपुर/सत्ता साझेदार नेकपा माओवादी केन्द्रले पनि तीन स्थानीय तहमा चुनावी तालमेल नगरी एक्लै चुनावमा जान प्रदेश नेतृत्वलाई दबाव दिएको छ । माओवादी केन्द्रको केही दिन अघि महेन्द्रनगरमा गरिएको भेलामा तीन तहका नेतालाई केन्द्रका सुदूरपश्चिम प्रदेश इन्चार्ज खगराज भट्टलाई दबाव दिएका हुन् ।

बेलौरी नगरपालिका, लालझाडी गाउँपालिका र कृष्णपुर नगरपालिकाका माओवादी नेताले तालमेल नगरी चुनावी प्रतिस्पर्धा जान दबाव दिएका हुन्् । उनीहरुले तिनै तहमा माओवादी केन्द्र जित्ने दाबी गरेका छन् ।

२०७४ मा यी तीन तहमध्ये बेलौरी र लालझाडी माओवादी केन्द्रले जितेको थियो । कृष्णपुर नगरपालिकामा तीन वडा जितेको माओवादी केन्द्र प्रमुख उप प्रमुखमा तेस्रो भएको थियो । अहिले कृष्णपुरका ६ वडा जित्ने केन्द्रले प्रदेश इन्चार्जलाई रिपोर्टिङ्ग गरेका छन् ।

यी तीन तहमा कुनै पनि हालतमा गठबन्धन नगरौ भनेर दबाव दिइएको छ, जसरी पनि जित्छौ भन्न छ’ भेलामा सहभागी केन्द्रका एक नेताले भने,‘तर पनि सरकारमा सहभागी कारण केन्द्रको निर्णय अनुसार नगई नहुने अवस्था छ ।

ललझाडीमा २०७४ को चुनावमा एमाले क्लिन स्वीप भएको थियो । लालझाडीमा अध्यक्ष उपाध्यक्ष सहित ५ वडा माओवादी केन्द्रले जितेको थियो । बेलौरीमा मेयर केन्द्रले जितेको थियो ।

भेलामा तीनै तहका नेताहरुले गरेको रिपोर्टिङ्ग अनुसार पार्टी २०७४ भन्दा थप बलियो अवस्थामा पुगेको दाबी गरिएको छ । तीन बाहेक अन्य स्थानीय तहका नेता भने तालमेल गरी जानु पर्ने पक्षमा देखिएका छन् ।

कृष्णपुर नगरपालिकाका खेमराज पाण्डेय अहिले माओवादी केन्द्रको संयोजक छन् । स्थानीय तह निर्वाचनलाई केन्द्रित गरी केही दिन प्रदेश इन्चार्ज भट्ट सहितलाई बोलाएर प्रशिक्षण कार्यक्रम गरिएको थियो ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.