बाँसगढीमा बस दुर्घटना हुदा ३५ जना घाइते !
माघ २०
बर्दिया / बर्दियाको बाँसगढीमा बस दुर्घटना हुदा ३५ जना घाइते भएका छन ।
बाँसगढी नगरपालिका वडा नं.३ डुडुवा खोला स्थित कालीकोटबाट महेन्द्रनगरतर्फ जाँदै गरेको ना ५ख ५३८२ नम्बरको बस आज बिहान करीब ३ बजे दुर्घटना भएको हो ।
बसमा सवार ३५ यात्रुहरु मध्ये २७ जना स्थानिय अस्पतालमा उपचारपछि डिस्चार्ज भइसकेका छन भने ८ जनाको मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय बाँसगढीले जनाएको छ ।
बस चालकलाइ बाँसगढी प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।



Comments are closed.