web analytics

भारतमा कोरोनाको ओमिक्रोन भेरियन्ट भेटिएपछी नेपालको स्वास्थ्य क्षेत्रमा चुनौती

काठमाडौं/१६ मङ्सिर ।
छिमेकी मुलुक भारतमा पनि कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोनका दुई जना संक्रमित फेला परेको छ ।
भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका सहसचिव लभ अगरवालले कर्नाटकमा २ जना ओमिक्रोनका संक्रमित फेला परेको बताएका हुन् ।
६६ वर्ष र ४० वर्षका दुई जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । ‘हालसम्म देशमा यो भेरियन्टबाट २ जना संक्रमित भएको पुष्टि भएको छ’, अगरवाले भने, ‘दुवै संक्रमित कर्नाटकका हुन् ।’
योसँगै ओमिक्रोन भेरियन्ट २५ मुलुकमा फैलिएको छ । ओमिक्रोन भेरिएन्ट भारतमा भेटिएसंगै नेपालको स्वास्थ्य क्षेत्रमा चुनौती थपिएको जानकारहरुले बताएका छ्न ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.