दोधारा चाँदनी झोलुंगे पुलमा महिलाद्वारा आत्महत्या प्रयास
कञ्चनपुर/दोधारा चाँदनी झोलुंगे पुलको पिलरमा महिला चढेर आत्महत्याको प्रयास गरेपछि सर्वसाधारण र प्रहरीको संयुक्त प्रयासमा उद्धार गरिएको छ । उनका आफन्तहरुका अनुसार
महिलाको घर महेन्द्रनगर हो भने माईत दोधारा हो । मानसिक अवस्था ठिक नभएको ती महिला आईतवार पिल्लरको टुप्पोमा चढेकी थिईन । हाल उनलाई दोधारा चाँदनी नगरपालिका ६ का वडाध्यक्ष दिल बहादुर सिंजाली सहित आफन्तहरुको जिम्मा लगाएको प्रहरीले जनाएको छ ।


Comments are closed.