कञ्चनपुर पुनर्वासका निर्देशक प्रवेश सिंहको निर्देशनमा नयाँ म्युजिक भिडियो सार्वजनिक हुँदै
कञ्चनपुर/२१ साउन।
कञ्चनपुरको पुनर्वास नगरपालिका निवासी तथा लामो समयदेखि काठमाडौंलाई आफ्नो कार्यक्षेत्र बनाउँदै आएका निर्देशक प्रवेश सिंहको निर्देशनमा नयाँ नेपाली म्युजिक भिडियो “लैजा चरी मेरो खबर” चाँडै सार्वजनिक हुने भएको छ।
पछिल्लो समय फरक शैली र आकर्षक प्रस्तुतीका कारण चर्चा बटुलिरहेका निर्देशक सिंहले यसपटक पनि दर्शकमाझ नयाँ स्वादको म्युजिक भिडियो ल्याउने तयारी गरेका छन्।
उक्त गीतमा चर्चित गायिका रचना रिमालको स्वर रहेको छ भने राजु विश्वकर्माले गीतको शब्द तथा संगीत सिर्जना गरेका छन्।
भिडियोमा सामाजिक सञ्जाल टिकटकमार्फत लोकप्रिय बनेका नेपाली टिकटकर रुबिन खड्का र पाकिस्तानी टिकटकर रुविना अलिको अभिनय देख्न सकिनेछ। भिडियोको छायांकन अमन बडुले गरेका हुन्।
यस म्युजिक भिडियोका निर्माता अशोक विक र सुशान्त विक रहेका छन्, जो हाल अमेरिकामा रहेका छन्।त्यसैगरी भिडियोमा राजेश कुमारको सम्पादन रहनेछ । भिडियोको छायांकन नेपालको पर्यटकीय नगरी पोखराका विभिन्न मनोरम स्थानहरूमा गरिएको निर्माण पक्षले जनाएको छ।


Comments are closed.