web analytics

पुनर्वासकी दीपिक्षा र आरोही धनगढी डान्स च्याम्पियनसिप सिजन–४ को फिनालेमा

धनगढी, १२ पौष ।

कञ्चनपुरको पुनर्वास नगरपालिकाकी दीपिक्षा थापा र आरोही बम्जन धनगढी डान्स च्याम्पियनसिप सिजन–४ को फिनालेमा प्रवेश गर्न सफल भएका छन्।

द ट्वीन्स अ कम्प्लिट इन्स्टिच्युटद्वारा आयोजना गरिएको उक्त प्रतियोगितामा पुनर्वास नगरपालिका–६ निवासी ११ वर्षीया दीपिक्षा थापा र पुनर्वास नगरपालिका–४ निवासी ११ वर्षीया आरोही बम्जनले उत्कृष्ट प्रदर्शन गर्दै फाइनल चरणमा स्थान सुरक्षित गरेका हुन्।

सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लाबाट करिब दुई सय प्रतियोगीको सहभागिता रहेको यस डान्स च्याम्पियनसिपमा ११ चरण पार गर्दै दीपिक्षा र आरोहीसहित नौ जना प्रतियोगी फाइनललिस्ट बनेका छन्।

दीपिक्षा र आरोही पुनर्वास नगरपालिका–३ स्थित आई.बी.आर.डी.मा रहेको द फन्की डान्स एण्ड जुम्बाका कोरियोग्राफर सन्तोष अवस्थीबाट प्रशिक्षण प्राप्त प्रशिक्षार्थी हुन्।

प्रतियोगितामा सहभागी दीपिक्षा र आरोहीलाई इ–सेवा एपमार्फत भोटिङ गर्न सकिनेछ। दीपिक्षाको भोटिङ कोड २४ र आरोहीको भोटिङ कोड २५ रहेको छ। भोटिङ यही पौष २५ गतेसम्म खुला रहने आयोजकले जनाएको छ।

धनगढी डान्स च्याम्पियनसिप सिजन–४ को फिनाले यही पौष २५ गते आयोजना हुने बताइएको छ। निर्णय प्रक्रियालाई विवादरहित बनाउन सम्पूर्ण मूल्याङ्कन शतप्रतिशत भोटिङ प्रणालीको आधारमा गरिने द ट्वीन्स अ कम्प्लिट इन्स्टिच्युट अफ डान्स धनगढीका सञ्चालक केशव बलायरले जानकारी दिए।

द ट्वीन्स अ कम्प्लिट इन्स्टिच्युट अफ डान्सले मौलिक कला तथा सांस्कृतिक क्षेत्रमा निरन्तर आफ्नो उत्कृष्टता प्रदर्शन गर्दै आएको छ।

 

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.