web analytics

सस्तो भयो पेट्रोल र डिजेल

काठमाडौँ । नेपाल आयल निगम ले पेट्रोल र डिजेलको मूल्य घटाएको छ। निगमले बिहीबार सूचना जारी गर्दै शुक्रबार बिहान १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजेल–मट्टितेलमा १२ रुपैयाँले मूल्य घटाएको जनाएको हो।
नयाँ दरअनुसार पहिलो वर्गका क्षेत्रमा अब पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर २१४ रुपैयाँ ५० पैसा र डिजेल–मट्टितेलको २२२ रुपैयाँ ५० पैसा कायम गरिएको छ।
यता, हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य भने बढाइएको छ। आन्तरिक हवाई इन्धनमा प्रतिलिटर ७ रुपैयाँ वृद्धि गरिएको छ भने अन्तर्राष्ट्रिय उडानका लागि काठमाडौँबाट प्रति किलो लिटर ४६ अमेरिकी डलरले बढाइएको छ। त्यस्तै, एलपी ग्यासमा प्रति सिलिन्डर १५० रुपैयाँ वृद्धि भई अब नयाँ मूल्य २१६० रुपैयाँ पुगेको छ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.