web analytics

पुनर्वासमा चक्कु प्रहारबाट १८ वर्षीय युवकको हत्या, दुई जना नियन्त्रणमा

कञ्चनपुर/वैशाख ८

पुनर्वास नगरपालिकामा गएराति चक्कु प्रहारबाट एक युवकको ज्यान गएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार पुनर्वास नगरपालिका–५ भानुबस्ती निवासी १८ वर्षीय उज्वल सायरमाथि सोमबार राति करिब १:३० बजे छातीमा चक्कु प्रहार गरिएको थियो। गम्भीर घाइते भएका उनलाई उपचारका लागि तत्काल धनगढीस्थित माया मेट्रो अस्पताल लगिएको भए पनि राति २:२४ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।
घटनामा संलग्न भएको आशंकामा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ। अनुसन्धान प्रारम्भिक चरणमै रहेकाले पक्राउ परेकाहरूको परिचय सार्वजनिक गरिएको छैन।
प्रहरीले घटनाको कारणबारे थप अनुसन्धान जारी रहेको जनाएको छ भने मृतकको शव हाल अस्पतालमै राखिएको छ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
1
+1
3
Below Article Content Ads

Comments are closed.