web analytics

निर्वाचन आचारसंहिताका कारण पुनर्वास महोत्सव–२०८२ को मिति परिवर्तन हुने

कञ्चनपुर/१० माघ ।
निर्वाचन आचारसंहिताका कारण पुनर्वास महोत्सव–२०८२ को मिति परिवर्तन हुने भएको छ ।
पुनर्वास उद्योग वाणिज्य संघको आयोजनामा सञ्चालन हुने भनिएको पुनर्वास महोत्सव–२०८२ को मिति निर्वाचन आचारसंहिता लागू भएका कारण परिवर्तन हुने भएको हो ।
“हाम्रो पुनर्वास : राम्रो पुनर्वास” भन्ने मूल नारासहित मिति २०८२ माघ २२ गतेदेखि फागुन ०३ गतेसम्म पुनर्वास–३ स्थित आई.बी.आर.डी. बजार नजिकै रहेको ६५ बिगाह क्षेत्रभित्रको खेलकुद विकास समिति ‘कालिका युवा क्लब’को खेलमैदानमा महोत्सव आयोजना गर्ने तयारी गरिएको थियो। तर निर्वाचन आचारसंहिता लागू भएका कारण निर्धारित समयमा महोत्सव सञ्चालन गर्न नसकिने अवस्था सिर्जना भएपछि समयतालिकामा फेरबदल गर्नुपरेको संघले जनाएको छ।
उद्योग वाणिज्य संघ, पुनर्वासका अध्यक्ष राजकुमार रायमाझीद्वारा जारी सूचनाअनुसार, यसबाट सर्वसाधारण, व्यवसायी तथा सरोकारवालामा पर्न गएको असुविधाप्रति संघले क्षमायाचना गरेको छ।
संघका अनुसार, भोलि बस्ने कार्यसमितिको बैठकबाट महोत्सव सञ्चालनको नयाँ मिति तय गरिनेछ र निर्णय भएसँगै सोको जानकारी सार्वजनिक गरिनेछ।
महोत्सवलाई सफलतापूर्वक सम्पन्न गर्न पुनर्वास नगरपालिकाका कार्यालयहरू, विभिन्न क्लब, बजार समिति, विद्यालय तथा संघ–संस्थाहरूलाई आवश्यक समन्वय र सहयोग गर्न उद्योग वाणिज्य संघ, पुनर्वासले हार्दिक अनुरोध गरेको छ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.