web analytics

बेलौरीको शान्तिपुरमा पराल बोकेको ट्याक्टरमा आगलागी

कञ्चनपुर/पुस ९
कञ्चनपुरको बेलौरी नगरपालिका–स्थित शान्तिपुरमा बिहीबार साँझ पराल बोकेको एक ट्याक्टरमा आगलागी भएको छ। गुडिरहेको अवस्थामा ट्याक्टरमा लोड गरिएको पराल सडकमाथि रहेको विद्युत् तारमा छोइदा सर्ट भई आगो सल्किएको हो।
प्रहरीका अनुसार म १ त ६८२ नम्बरको ट्याक्टरमा अचानक आगलागी भएपछि आसपास क्षेत्रमा आतंकको वातावरण बनेको थियोे । घटना लगत्तै इलाका प्रहरी कार्यालय बेलौरीको टोली र पुनर्वासबाट आएको दमकल घटनास्थलमा पुगेको थियो।
आगो फैलिनुअघि नै प्रहरी, दमकल र स्थानीय बासिन्दाको संयुक्त प्रयासमा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। आगलागीबाट ट्याक्टर र त्यसमा लोड गरिएको परालमा क्षति पुगेको भएपनि कुनै मानवीय क्षति नभएको इलाका प्रहरी कार्यालय बेलौरीले जानकारी दिएको छ।
आगलागी नियन्त्रणमा इलाका प्रहरी कार्यालय बेलौरीका प्रमुख कमलप्रसाद चौधरी नेतृत्वको टोलीको विशेष सक्रियता रहेको बताइएको छ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.