web analytics

प्रतिकूल मौसमको सम्भावना रहेको भन्दै पुनर्वास नगरपालिकाले जारी गर्‍यो सतर्कता सूचना

कञ्चनपुर/८ माघ ।
पुनर्वास नगरपालिकाले आगामी केही दिनमा प्रतिकूल मौसमको सम्भावना रहेको भन्दै सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ।
नगरपालिकाको स्थानीय आपतकालीन कार्यसञ्चालन केन्द्रद्वारा जारी सूचनाअनुसार जल तथा मौसम विज्ञान विभागले मिति २०८२ माघ ८ गते प्रकाशित तीन दिने मौसम पूर्वानुमान बुलेटिनका आधारमा माघ ९ गतेदेखि सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जनसहित चट्याङ, मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ। साथै केही स्थानमा असिना पर्ने सम्भावना समेत रहेको सूचनामा उल्लेख छ।
उक्त मौसम प्रणालीको प्रभावले पुनर्वास नगरपालिकामा दैनिक जनजीवन प्रभावित हुन सक्ने र कृषि क्षेत्र विशेष गरी तोरी बालीमा क्षति पुग्न सक्ने अनुमान गरिएको छ। यसलाई मध्यनजर गर्दै नगरपालिकाले तोरी खेती गरेका कृषकहरूलाई समयमै बाली थन्क्याउन, आवश्यक तयारी गर्न तथा उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ।
प्रमुख प्रशासकीय अधिकृत गणेश सिंह ऐरीद्वारा हस्ताक्षरीत उक्त सूचनामा प्रतिकूल मौसमका कारण हुन सक्ने जोखिम न्यूनीकरणका लागि सबैलाई सजग रहन, अनावश्यक यात्रा नगर्न र नगरपालिकाबाट जारी हुने थप सूचना तथा निर्देशनको पालना गर्न समेत आग्रह गरेको छ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.