web analytics

कञ्चन क्षोईलिङ गुम्बालाई विभिन्न दाताबाट पुनः आर्थिक सहयोग प्राप्त

कञ्चनपुर/७ माघ ।
कञ्चनपुरको पुनर्वास नगरपालिका–३ आई.बि.आर.डी.स्थित श्री कञ्चन क्षोईलिङ गुम्बालाई विभिन्न दाताबाट पुनः आर्थिक सहयोग प्राप्त भएको छ।
गुम्बाको धार्मिक तथा भौतिक संरचना संरक्षण, सञ्चालन र विकासका लागि सहयोग गर्दै लामा गुरु श्री नोर्बु लामाज्यूले नगद २५ हजार रुपैयाँ सहयोग गर्नुभएको छ। त्यसैगरी, पुनर्वास नगरपालिका–३ रामबस्ती निवासी श्री नवराज तामाङज्यू र श्री रेलीमाया तामाङज्यूबाट ५ हजार ५० रुपैयाँ तथा पुनर्वास नगरपालिका–२ अरनिको बस्ती निवासी श्री फैग्रोङ तामाङज्यूबाट २ हजार ५०० रुपैयाँ सहयोग प्राप्त भएको गुम्बा व्यवस्थापन समितिले जनाएको छ।
गुम्बा व्यवस्थापन समितिले सहयोगी दाताहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै भविष्यमा पनि यस किसिमको सहयोगले गुम्बाको संरक्षण र धार्मिक गतिविधि सञ्चालनमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गरेको छ।
यसअघि पनि श्री कञ्चन क्षोईलिङ गुम्बालाई विभिन्न दाताहरूबाट साढे चार लाख रुपैयाँभन्दा बढी सहयोग प्राप्त भइसकेको गुम्बा स्रोतले जनाएको छ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.