श्री कञ्चन क्षोइलिङ गुम्बाको २१औँ साधारण सभा सम्पन्न
शान्ति पदयात्रासहित विविध कार्यक्रम आयोजना
कञ्चनपुर/फागुन ४
पुनर्वास ३, आई.बि.आर.डी.स्थित श्री कञ्चन क्षोइलिङ गुम्बाको २१औँ साधारण सभा वडा नम्बर ३ का वडाध्यक्ष कृष्ण बहादुर तामाङको प्रमुख आतिथ्यता तथा गुम्बाका अध्यक्ष बम बहादुर तामाङको सभापतित्वमा सम्पन्न भएको छ। कार्यक्रममा लामा गुरुज्यूहरू, भक्तजन तथा स्थानीय सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।
सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि वडा अध्यक्ष कृष्ण बहादुर तामाङले गुम्बाले धार्मिक, सांस्कृतिक तथा सामाजिक क्षेत्रमा पुर्याउँदै आएको योगदानको प्रशंसा गर्नुभएको थियो। उहाँले यस्ता कार्यक्रमले समुदायमा शान्ति, सद्भाव र एकताको भावना अभिवृद्धि हुने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रममा पुनर्वास नगरपालिकाकी कार्यपालिका सदस्य शान्तिमाया तामाङ, धनगढी उपमहानगरपालिका–१२ का वडा सदस्य तथा ने.ता.घे.सु.प.का उपाध्यक्ष ईन्द्रा तामाङ, लामा समिति केन्द्रीय अध्यक्ष तथा अहिंसावादी लामा समितिका अध्यक्ष सुक बहादुर तामाङ, प्रमुख लामा नोर्बु लामा लगायतले मन्तव्य राख्नुभएको थियो। कार्यक्रमको सञ्चालन सह–सचिव लाल मन तामाङले गर्नुभएको थियो।
साधारण सभासँगै आई.बि.आर.डी. बजार क्षेत्रमा शान्ति पदयात्रा तथा बजार परिक्रमा कार्यक्रम समेत आयोजना गरिएको थियो । गुम्बाले २०८२/११/०२ गते विश्वशान्ति महायज्ञ पूजा समुद्घाटन, २०८२/११/०३ गते त्रिमूर्ति प्राणप्रतिष्ठा महायज्ञ होम तथा पितृहरूको नाममा डोबा मोलम पाठ, र २०८२/११/०४ गते औपचारिक कार्यक्रम तथा गुरुज्यूको बाहुलीबाट वाङ अभिषेक प्रदान कार्यक्रम राखेको थियोे । यसअघि मिति २०६२/११/०१ गते सम्पूर्ण लामा गुरु तथा अजी–ज्योमो जम्मा हुने कार्यक्रम सम्पन्न भएको गुम्बा समितिका सह–सचिव लाल मन तामाङले हाम्रै साझा पत्रिकालाई बताउनुभयो ।कार्यक्रमको समापन “टाशि सर्व मंगलम”को मंगलकामनासहित गरिएको छ।



Comments are closed.