web analytics

निर्वाचनको कारण सर्‍यो एसइई, परीक्षा चैत १९ गतेदेखी (तालिका सहित)

काठमाडौँ/७ माघ।
देशभर सम्पन्न हुने निर्वाचनका कारण यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) सरेको छ। राष्ट्रिय परीक्षा बोर्डले एसइई परीक्षा आगामी चैत १९ गतेदेखि सञ्चालन हुने औपचारिक जानकारी दिएको छ।
यसअघि बोर्डले चैतको पहिलो साताबाट परीक्षा सुरु गर्ने तयारी गरेको थियो। तर निर्वाचन व्यवस्थापन, सुरक्षा व्यवस्था तथा विद्यालयहरू मतदान केन्द्रका रूपमा प्रयोग हुने भएकाले परीक्षा तालिका परिवर्तन गर्नुपरेको बोर्डले जनाएको छ।
नयाँ तालिकाअनुसार एसइई परीक्षा चैत १९ गतेदेखि नियमित रूपमा सञ्चालन हुनेछ। बोर्डका अनुसार परीक्षा शान्त, मर्यादित र व्यवस्थित रूपमा सम्पन्न गर्न आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको छ।
राष्ट्रिय परीक्षा बोर्डले परीक्षामा सहभागी हुने विद्यार्थीहरूलाई तोकिएको तालिका अनुसार तयारी गर्न आग्रह गरेको छ। साथै परीक्षा केन्द्रमा समयमै उपस्थित हुन र परीक्षा आचारसंहिता पूर्ण रूपमा पालना गर्नसमेत अनुरोध गरिएको छ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.