web analytics

पुनर्वास नगरपालिकाको टिम अन्तरपालिका टी–२० क्रिकेट प्रतियोगितामा सहभागी हुने

कञ्चनपुर/७ माघ
जिल्ला क्रिकेट संघ कञ्चनपुरको आयोजनामा महेन्द्रनगरमा सञ्चालन हुने अन्तरपालिका स्तरीय टी–२० क्रिकेट प्रतियोगितामा पुनर्वास नगरपालिकाको टिम सहभागी हुने भएको छ।
पुनर्वास नगर कार्यपालिकाको कार्यालयले जारी गरेको सूचनाअनुसार नगरपालिकाभित्रका क्रिकेट खेलाडीहरूमध्येबाट छनोट गरी प्रतियोगितामा सहभागिता जनाइनेछ। छनोटका लागि वडा कार्यालयको सिफारिससहित तोकिएको मिति, समय र स्थानमा उपस्थित हुन खेलाडीहरूलाई जानकारी गराइएको छ।
सूचनाअनुसार खेलाडी छनोट कार्यक्रम २०८२ माघ १० गते बिहान १० बजे पुनर्वास नगरपालिका वडा नम्बर ८, क गाउँस्थित श्री वागेश्वरी माध्यमिक विद्यालयको खेल मैदानमा सञ्चालन हुनेछ।
नगरपालिकाले छनोट खेल लेदर बलबाट खेलाइने भएकाले सहभागी खेलाडीहरूले आफ्ना खेल सामग्री (किट) आफैं व्यवस्था गर्नुपर्ने जनाएको छ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.