कमलाको टिकट फिर्ता, तारा लामा उम्मेदवार सिफारिस
सुदूरपश्चिममा एमालेका दुई उम्मेदवार फेरिए
कञ्चनपुर क्षेत्र नम्बर १ मा तामाङले गठबन्धनका उम्मेदवार नेकपा-माओवादी केन्द्रकी बिना मगरलाई ४ हजार ९११ मत अन्तरले पराजित गरेका थिए ।
कञ्चनपुर। कञ्चनपुर क्षेत्र नम्बर १बाट एमालेका निवर्तमान प्रतिनिधिसभा सदस्य तारालामा तामाङले टिकट पाएका छन । शनिबार रातभर र आइतबार बिहान सम्म कमला बोहोराले टिकट पाएको भनी निकै चर्चा र बहस भएको थियो । तारालामासंगै नेकपा एमालेले सुदूरपश्चिमका अर्को एक निर्वाचन क्षेत्रमा समेत उम्मेदवार हेरफेर गरेको छ । हिजो बसेको सचिवालय बैठकले बझाङमा अफिलाल ओखेडा र कञ्चनपुर-१ मा कमला बोहरालाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । तर, अहिले दुवै उम्मेदवारलाई ब्याक गर्दै पार्टीले यी दुई स्थानमा नयाँ उम्मेदवारलाई टिकट दिइएको हो ।
बझाङमा ऎन महरले र कञ्चनपुर-१ मा तारालामा तामाङले टिकट पाएका छन् ।
अघिल्लो निर्वाचनमा कांग्रेस, माओवादी र नेकपासहितको गठबन्धनविरुद्ध निर्वाचन लडेका महर ९ सय ९८ मत अन्तरले पराजित भएका थिए । यो परिणाम सुदूरपश्चिम प्रदेशका सबै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये सबैभन्दा कम मत अन्तरको हार हो ।
तत्कालीन नेकपा (एस) का भानुभक्त जोशीले २८ हजार १ सय ४३ मत प्राप्त गर्दा महरले २७ हजार १ सय ४५ मत पाएका थिए ।
कञ्चनपुर क्षेत्र नम्बर १ मा तामाङले गठबन्धनका उम्मेदवार नेकपा-माओवादी केन्द्रकी बिना मगरलाई ४ हजार ९११ मत अन्तरले पराजित गरेका थिए ।
तामाङले २० हजार ९६९ मत प्राप्त गर्दा बिना मगरले १६ हजार ५८ मत प्राप्त गरेकी थिइन् । बझाङमा महर र कञ्चनपुर-१ मा तामाङ दुवै लोकप्रिय उम्मेदवार हुन् ।



Comments are closed.