web analytics

कांग्रेस विशेष महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डपमा निर्वाचन प्रक्रिया सुरु

काठमाडौं/२९पुस ।
नेपाली कांग्रेसको विशेष केन्द्रीय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु भएको छ । केन्द्रीय निर्वाचन समितिले मंगलबारबाट औपचारिक रूपमा निर्वाचन कार्यक्रम अघि बढाएको जनाएको छ ।
काठमाडौँको भृकुटीमण्डपमा मंगलबार बसेको केन्द्रीय निर्वाचन समितिको बैठकले निर्वाचन प्रक्रिया अघि बढाउने निर्णय गरेको हो । वरिष्ठ अधिवक्ता एवं निर्वाचन समितिका संयोजक सीताराम केसीको नेतृत्वमा बसेको बैठकले केन्द्रीय कार्यसमितिको निर्वाचन प्रक्रिया विधिवत् रूपमा सुरु गर्ने निर्णय गरेको समितिले जनाएको छ । सोहीअनुसार मंगलबार नै निर्वाचनसम्बन्धी सूचना प्रकाशित गरिएको छ ।
संयोजक केसीका अनुसार नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित), नियमावली २०७६, विशेष केन्द्रीय महाधिवेशन कार्यविधि २०८२ तथा निर्वाचन निर्देशिका २०८२ को अधीनमा रही निर्वाचन प्रक्रिया अघि बढाइएको हो ।
निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिकाअनुसार आजै राति ९ बजेदेखि मतदान हुने भएको छ । समितिले मतदाता नामावली प्रकाशन, मतदान, मतगणना र अन्तिम मतपरिणाम घोषणासम्मको सम्पूर्ण निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।
विशेष महाधिवेशन आइतबारदेखि काठमाडौँमा जारी छ । यद्यपि, पार्टी सभापति शेरबहादुर देउवा पक्षले यस विशेष महाधिवेशनलाई स्वीकार नगरेको जनाइएको छ । देउवा पक्षको असहमतिकै बीच निर्वाचन प्रक्रिया अघि बढाइएपछि कांग्रेसभित्र आन्तरिक राजनीतिक तरंग थप चर्किने संकेत देखिएको छ ।
निर्वाचन प्रक्रियाबाट कांग्रेसको नयाँ नेतृत्व चयन हुने अपेक्षा गरिएको छ ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.