नेपाली बजारमा सुन–चाँदीको मूल्यले फेरि बनायो नयाँ कीर्तिमान
काठमाडौँ, २९ पुस ।
नेपाली बजारमा मंगलबार सुन र चाँदी दुवैको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ७६ हजार ५०० रुपैयाँ पुगेको छ, जुन हालसम्मकै उच्च मूल्य हो।
यससँगै १० ग्राम सुनको मूल्य २ लाख ३७ हजार ५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। यसअघि सोमबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ७४ हजार ७०० रुपैयाँ पुगेर रेकर्ड कायम भएको थियो। तर एकै दिनमै सुनको मूल्यमा थप वृद्धि भई मंगलबार पुनः नयाँ कीर्तिमान कायम भएको हो।
त्यसैगरी चाँदीको मूल्यमा पनि उल्लेखनीय वृद्धि देखिएको छ। मंगलबार चाँदीको मूल्य प्रतितोला ५ हजार ३४० रुपैयाँ पुगेको छ, जुन हालसम्मकै उच्च हो। सोमबार चाँदीको मूल्य प्रतितोला ५ हजार १९५ रुपैयाँ रहेको थियो।


Comments are closed.