web analytics

सरकार र शिक्षकबीच सहमति, मन्त्रिपरिषद् बैठकपछि सार्वजनिक गरिने

काठमाडौँ, १७ बैशाख ।
चैत २० गतेदेखि विभिन्न माग राख्दै आन्दोलनरत शिक्षक महासंघ र नेपाल सरकारबीच अन्ततः सहमति भएको छ। बुधवार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सम्पन्न छलफल सकारात्मक निष्कर्षमा पुग्दै दुबै पक्षबीच सहमति कायम भएको हो।

वार्तामा सहभागी शिक्षक महासंघका एक नेताका अनुसार, सहमतिका सबै बुँदाहरूलाई मन्त्रिपरिषद्को आजको बैठकमा पेश गरिनेछ, र त्यसपश्चात् औपचारिक रुपमा सार्वजनिक गरिनेछ।
जसले आन्दोलनको औपचारिक अन्त्य र शिक्षण गतिविधिको नियमितता सुनिश्चित गर्ने अपेक्षा गरिएको छ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.