web analytics

फर्जी पत्रकै आधारमा पक्राउ परेका रेशम चौधरी, अदालतको आधिकारिक पत्रपछि रिहा

काठमाडौं, बैशाख १७
नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरी कारागारबाट रिहा भएका छन्।

डिल्लीबजार कारागारका जेलर बाबुराम अर्यालका अनुसार, सर्वोच्च अदालतबाट आएको आधिकारिक पत्रको आधारमा चौधरीलाई रिहा गरिएको हो।

यसअघि, सर्वोच्च अदालतकै कर्मचारीबाट पठाइएको अनधिकृत पत्रका आधारमा चौधरीलाई बुधबार दिउँसो कमलादीस्थित प्रज्ञा भवन परिसरबाट पक्राउ गरिएको थियो। अदालतले त्यस पत्रलाई फर्जी ठहर गर्दै विज्ञप्ति जारी गरिसकेको छ।

फर्जी पत्र लेखेर पठाउने महिमानसिंह विष्ट पहिले नै प्रहरीको नियन्त्रणमा परिसकेका छन्।

 

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.