web analytics

पुनर्वासमा विषादी रहित खेती प्रणाली सम्बन्धी दुई दिने कार्यशाला सुरु

 

कञ्चनपुर, चैत्र १९ – पुनर्वास नगरपालिकामा विषादी रहित खेती प्रणाली सम्बन्धी दुई दिने कार्यशाला सुरु भएको छ। पुनर्वास–६ स्थित न्यू सम्राट होटलको सभाहलमा आयोजित कार्यशालामा कृषकहरूलाई विषादी प्रयोग नगरी स्वस्थ र जैविक खेतीतर्फ उन्मुख गराउने उद्देश्य रहेको छ।

कार्यशालामा प्राविधिक सहयोग राहुल जवान (अन्तर्राष्ट्रिय विषादी रहित कृषि सल्लाहकार) द्वारा प्रदान गरिएको छ। कार्यशाला रविन्द्र एग्रो एण्ड ट्रेडर्स, धनगढी कैलालीको सहकार्यमा तथा अंशुवर्मा विज वृद्धि कृषक समूह, पुनर्वास–१, कञ्चनपुरको आयोजनामा भएको हो।

कार्यशालाका सभापति अंशुवर्मा विज वृद्धि कृषक समूह, पुनर्वास–१ का अध्यक्ष विष्णुराज घिमिरे हुनुहुन्थ्यो। प्रमुख अतिथिका रूपमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, धनगढी कैलालीका सचिव यज्ञराज जोशी रहनुभएको थियो भने विशिष्ट अतिथि पुनर्वास नगरपालिका–४ का वडाध्यक्ष मनोज जैशी हुनुहुन्थ्यो।

त्यस्तै, राप्ती गाउँपालिका, दाङका कृषि विकास शाखाका प्रतिनिधि बषाती गडरिया, पुनर्वास नगरपालिकाका कृषि विकास शाखाका प्रतिनिधि उदयराज ओझा, राप्ती केरा प्रवर्द्धन कृषक समूहका अध्यक्ष रण प्रसाद सुवेदी तथा भारतका प्रशिक्षक राहुल जवान अतिथिका रूपमा कार्यशालामा सहभागी हुनुहुन्थ्यो।

कार्यक्रम सञ्चालन कृष्ण प्रसाद पण्डित ले गर्नुभएको थियो भने स्वागत मन्तव्य बिमल भण्डारीले गर्नुभएको थियो।

कार्यक्रमका प्रमुख अतिथि यज्ञराज जोशी ले कार्यशालाले विषादी रहित खेती प्रणालीलाई अभियानका रूपमा अघि बढाउने बताउँदै जनस्वास्थ्य सुधारमा यसको महत्वपूर्ण योगदान रहने विश्वास व्यक्त गर्नुभयो। सभापति विष्णुराज घिमिरेले खेतिबालीमा विषादी प्रयोगले उत्पादन लागत बढ्ने मात्र नभई मानव स्वास्थ्यमा समेत नकारात्मक असर पार्ने भएकाले कृषकहरूलाई विषादी रहित खेतीतर्फ आकर्षित गर्न कार्यशाला उपयोगी हुने उल्लेख गर्नुभयो।

कार्यशालाको उद्घाटन सत्र पश्चात् सहभागीहरूलाई भारतका प्रशिक्षक राहुल जवानले विषादी रहित खेतीका प्रविधि, लाभ, र व्यवहारिक कार्यान्वयन सम्बन्धी प्रशिक्षण दिनुभएको थियो। कार्यशालामा ४५ जना कृषकहरूको सहभागिता रहेको थियो।

यो कार्यशाला भोलि चैत्र २० गतेसम्म जारी रहनेछ, जसमा विषादी रहित खेतीका थप आधुनिक प्रविधि तथा अभ्यासहरूबारे विस्तृत प्रशिक्षण प्रदान गरिने बताइएको छ ।

 

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.