भिडियो चलचित्र ‘द स्टुडेण्ट लाईफ’ बेलौरीको सिद्धार्थ बोर्डिङ स्कुलमा प्रदर्शन
कञ्चनपुर,१७ पुस
जनचेतनामूलक भिडियो चलचित्र ‘द स्टुडेण्ट लाईफ’ लाई बेलौरीको सिद्धार्थ बोर्डिङ स्कुलमा प्रदर्शन गरिएको छ । विद्यार्थी जीवनमा अभिभावक र शिक्षकको सहि मार्गनिर्देशन नपाउँदा विद्यार्थीहरु कसरी पथभ्रष्ट बन्छ्न र उनीहरू गलत संगतको शिकार बन्छन् भन्ने कुरालाई चलचित्रमा देखाइएको छ । चलचित्रले स्कुल क्याम्पस पढदै गरेका विद्यार्थीहरुको कथा र व्यथा समेटेकोले विद्यार्थी, शिक्षक तथा अभिभावकले अनिवार्य रुपमा चलचित्र हेर्नैपर्ने चलचित्रका कार्यकारी निर्माता तथा नायक सुनिल बिष्ट बताउनुहुन्छ ।
चलचित्रलाई जिल्लाभरीका विद्यालयमा देखाउने योजना रहेको निर्माता तथा नायक बिष्ट बताउनुहुन्छ ।
चलचित्रलाई यसभन्दा अघि वात्सल्य विद्या निकेतन बेलौरीमा प्रदर्शन गरिएको थियोे ।


Comments are closed.