कञ्चनपुर क्षेत्रनम्बर १: प्रतिनिधि सभाका ९ जना र प्रदेश सभाका लागि १८ जनाको उम्मेदवारी दर्ता
कञ्चनपुर, २३ असोज । कञ्चनपुर क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्यका लागि ९ जना र प्रदेश सभा सदस्यका लागि १८ जनाले उम्मेदवारी दर्ता गराउनु भएको छ । निर्वाचन अधिकृत कृष्ण प्रसाद नेपालले जानकारी दिए अनुसार, प्रतिनिधि सभा सदस्यका लागि नेकपा माओवादी केन्द्रबाट बिना मगर, नेकपा एमालेबाट तारा लामा तामाङ, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दिल्ली बहादुर शाही, स्वतन्त्र उम्मेदवार खेम सुवेदी, लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट राम किसन राना, स्वतन्त्र उम्मेदवार जगत बहादुर सायर, राष्ट्रिय स्वतन्त्र पार्टीबाट देवराज जोशी, स्वतन्त्र उम्मेदवार हरिना देवी भट्ट र नेपाल मजदुर किसान पार्टीबाट नन्दादेवी जोशीले उम्मेदवारी दर्ता गराउनु भएको छ । प्रतिनिधि सभा सदस्यका लागि नागरिक उन्मुक्ति पार्टीको तर्फबाट नन्द कुमार रानाले मनोनयन दर्ता गराएको भएपनि स्थानीय तह सदस्य निर्वाचन २०७९ को खर्च विवरण नबुझाउने तथा बिलम्ब बुझाउने उपर जरिवाना ठहर भएको हुँदा मनोनयन आइइआइएमएस प्रणालीमा दर्ता नगरिएको सहायक निर्वाचन अधिकृत नर बहादुर बिकले जानकारी दिनुभयो ।
प्रदेश सभा सदस्यका लागि कञ्चनपुर क्षेत्र नम्बर १ को १ मा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट मजुरलाल राना, नेकपा माओवादी समाजवादीबाट जागेश्वर बुढाक्षेत्री, स्वतन्त्र उम्मेदवार स्थिर प्रसाद घिमिरे, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट खेमराज लामिछाने, नेपाली कांग्रेसबाट बन्धु राना, नेकपा एमालेबाट बीर बहादुर थापा, नागरिक उन्मुक्ति पार्टीबाट पल्टु राना, स्वतन्त्र उम्मेदवार भक्त बहादुर अधिकारी र नेपाल मजदुर किसान पार्टीबाट भागरथी रावलले उम्मेदवारी दर्ता गराउनु भएको छ । प्रदेश सभा सदस्यका लागि लोकतान्त्रिक समाजवादी पार्टी नेपालको तर्फबाट पार्वती रानाले मनोनयन दर्ता गराएको भएपनि स्थानीय तह सदस्य निर्वाचन २०७९ को खर्च विवरण नबुझाउने तथा बिलम्ब बुझाउने उपर जरिवाना ठहर भएको हुँदा मनोनयन आइइआइएमएस प्रणालीमा दर्ता नगरिएको बताइएको छ ।
प्रदेश सभा सदस्यका लागि कञ्चनपुर क्षेत्र नम्बर १ को २ मा नेकपा एमालेबाट पल्लब राज भट्ट, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट धिरज विक्रम सिंह, नेपाली कांग्रेशबाट दिवान सिंह बिष्ट, स्वतन्त्र उम्मेदवार नेत्रलाल चौधरी, नागरिक उन्मुक्ति पार्टीबाट काली चौधरी, स्वतन्त्र उम्मेदवार टेक बहादुर साउँद र नेपाल मजदुर किसान पार्टीबाट हर्क बहादुर क्षेत्रीले उम्मेदवारी दर्ता गराउनु भएको छ । प्रदेश सभा सदस्यका लागि लोकतान्त्रिक समाजवादी पार्टी नेपालको तर्फबाट बुझौना चौधरी थारुले मनोनयन दर्ता गराएको भएपनि स्थानीय तह सदस्य निर्वाचन २०७९ को खर्च विवरण नबुझाउने तथा बिलम्ब बुझाउने उपर जरिवाना ठहर भएको हुँदा मनोनयन आइइआइएमएस प्रणालीमा दर्ता नगरिएको निर्वाचन अधिकृतको कार्यालय बेलौरीले जनाएको छ ।



Comments are closed.