एमालेबाट राजिनामा दिएका खेम सुवेदीले कञ्चनपुर १ बाट प्रतिनिधी सभाका लागी चुनाव लडदै
कञ्चनपुर /नेकपा एमालेबाट राजिनामा दिएर आफूलाई स्वतन्त्र घोषणा गरेका पुराना नेता खेम सुवेदीले कञ्चनपुर १ बाट प्रतिनिधी सभाका लागी चुनाव लडने भएका छन ।
बेलौरीमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा आईतवार दिउँसो ३ः३५ बजे सुवेदीले स्वतन्त्र उम्मेदवारको रुपना मनोनयन दर्ता गराएका हुन ।
नेकपा एमालेमा आवद्ध रहि चार दशक भन्दा लामो योगदान गरेका सुवेदीलाई २०५१ सालदेखि टिकटको लागि सिफारिस गर्ने तर अन्तमा टिकट नदिने गरेको उहाँको भनाई छ । एमालेमा आफ्नो भविष्य नदेखेर आफुले स्वतन्त्र हुने निर्णय गरेको उहाँद्वारा हस्ताक्षरित राजीनामा पत्रमा उल्लेख छ ।


Comments are closed.