web analytics

बेलौरीमा करेन्ट लागेर एकजनाको मृत्यु

कञ्चनपुर ,२३ असोज ।
बेलौरीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। बेलौरी नगरपालिका-१ फटिया बस्ने ५२ वर्षीय पुरनसिंह पन्तको करेन्ट लागेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलौरीका प्रमुख प्रहरी निरीक्षक दानसिंह भण्डारीले जानकारी दिनुभयो ।
सर्भिस तार संगै आएको जि.आइ तारमा एक्कासि छोइदा करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको शब परिक्षणका लागि श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा पठाइएको छ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
Below Article Content Ads

Comments are closed.