web analytics

एकीकृत समाजवादीका युवा नेताद्वय पुन: एमाले मै फर्किए

लाल बहादुर एसके
कञ्चनपुर, असार २१
युवा नेताद्वय टेक थापा र हिमेश थापा एमाले मै फर्किएका छ्न । नेकपा फुटेसंगै एकीकृत समाजवादीमा खुलेका थापाद्वय अन्तत: एमालेमै फर्किएका हुन।
नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुबाट राजनीति सुरु गरेका नेकपा फुटसंगै एकीकृत समाजवादीमा खुलेका थिए ।
कञ्चनपुरका अगुवा कार्यकर्तालाई प्रशिक्षण दिन आएका एमाले महासचिव शंकर पोखरेल र एमाले नेतृ कमला बोहराले उनीहरुलाई टीका लगाएर पार्टीमा स्वागत गरेका छ्न । टेक थापा र पुनर्वास गाउँ कमिटीका सहसचिव हिमेश थापालगायत ३५ जना रहेको एमालेमा फर्किएको कञ्चनपुर जिल्ला सदस्य भारमल सुनारले बताए ।
आजै अगुवा कार्यकर्ताहरुलाई सम्बोधन गर्दै महासचिव पोखरेलले नेपाली वामपन्थी आन्दोलनको मूख्य धारा एमाले मात्रै भएकाले मुलुकमा वाम ध्रुविकरण आवश्यक रहेको बताएका थिए । उनले वामदेव नेतृत्वको तत्कालिन मालेको उदाहरण दिदै कुनै न कुनै समयमा एमालेमा फर्कनुको विकल्प नरहेको पनि बताएका थिए ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
3
+1
0
+1
0
+1
1
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.