web analytics

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ

काठमाडौं/नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।
सोमबार राति १२ बजेदेखि लागू हुनेगरी मूल्यवृद्धि गरिएको निगमले सूचना प्रकाशित गरी जनाएको छ।
निगमले पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ, डिजेल र मट्टितेलमा नौ रुपैयाँ तथा हवाई इन्धन (आन्तरिक) तर्फ पाँच रुपैयाँ बढाएको हो।
यो सँगै पेट्रोलको मूल्य प्रतिलिटर १८१ रुपैयाँ, डिजेल र मट्टितेलको १७२ तथा हवाई इन्धन (आन्तरिक) को १९० रुपैयाँ पुगेको छ।

 

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.