web analytics

कञ्चनपुरमा पनि चुनावी तालमेल गर्ने सहमति

कञ्चनपुर/सत्तारुढ गठबन्धनमा आबद्ध रहेका कञ्चनपुरका राजनीतिक दलहरुले जिल्लामा पनी चुनावी तालमेल गर्ने सहमती
गरेका छन । केन्द्रमा सत्तारुढ दलले आगामी ३० बैशाखमा हुने स्थानीय तह निर्वाचनमा गठबन्धन गर्ने निर्णय भएकोमा सोही अनुसार जिल्लामा पनि गरिएको बताईएको छ ।
सत्तामा आबद्ध रहेका कञ्चनपुरका राजनीतिक दलहरु नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत
समाजवादी र राष्ट्रिय जनमोर्चाले स्थानीय तहको चुनावमा केन्द्रको निर्णय स्वागत गर्दै जिल्लामा पनि तालमेल गरेर जाने सहमती गरेका छ्न । नेकपा माओवादी केन्द्र कञ्चनपुरका युवा नेता विरेन्द्रराज विष्टले गठबन्धन दलको पहिलो बैठकले चुनावमा
तालमेल गरेर जाने सहमती भएको बताए । काँग्रेस सभापति पदम बोगटीको अध्यक्षतामा बसेको बैठकमा माओवादी केन्द्रबाट जिल्ला संयोजक खेम पाण्डे, समाजवादीबाट कञ्चनपुर जिल्ला इन्चार्ज लालबहादुर
खडका र जनमोर्चाबाट जिल्ला अध्यक्ष राम बहादुर कार्कीको उपस्थिति रहेको थियो ।
गठबन्धन दलका तर्फबाट बैठकमा सहभागी राष्ट्रिय जनमोर्चा कञ्चनपुरका अध्यक्ष राम बहादुर कार्कीले आज पहिलो बैठकमा केन्द्रको निर्णयको स्वागत गरिएको बताए | ‘पहिलो बैठक हामीले काँग्रेस पाटी कार्यालयमा बसेर
केन्द्रमा सत्तारुढ दलले गरेका सहमतीको स्वागत गर्दै आगामी निर्वाचनमा बारे फेरी २३ चैत्रमा बस्ने गरि टुङग्याएका छौं, ‘उनले भने, ‘आगामी बैठकमा गठबन्धनमा आबद्ध दलहरुले आ-आफ्नो विषय राख्दै सिट बाँडफाँट गरिनेछन ।’ बैठकमा सहभागि नेकपा
एकीकृत समाजवादी कञ्चनपुरका सचिव हरकसिह धामीले गठबन्धनका लागि सत्ताधारी दलहरुले तयारी अघि बढाएको बताए । ‘केन्द्रमा गरेको निर्णय जिल्लामा पनि
लागु गर्ने बारे छलफल भयो, ‘उनले भने, ‘सहमती गरेर जिल्लाका ९२ वडा र पालिकामा गठबन्धन गर्ने सहमती भयो ।’ नेपाली काँग्रेस कञ्चनपुरका उप सभापति मीन बहादुर सिंहले
पनि स्थानीय तहका लागि केन्द्रबाट
गरिएको निर्णय अनुरुप अघि बढ्ने बताए ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.